सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख ११, २०८०

  • आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

    सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उहाँहरु हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट