नेयमारले रुदै भने : मेसीको याद आइरहेको छ……


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २०, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ -फ्रोन्सेली क्लब पीएसजीका खेलाडी नेयमारले आफूले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई खुबै मिस गरेको बताएका छन् । टिभी ग्लोबोसँग पेरिसमा कुराकानी गर्दै नेयमारले बार्सिलोनामा हुँदा आफ्नो र मेसीबीचको सम्बन्धको बारेमा पनि चर्चा गरे ।

    उनले भने ‘बार्सिलोनामा छँदा लियो मेरो लागि निकै महत्वपूर्ण साथी थिए । यो कुरा मैले पहिलो पटक भनिरहेको छैन । म हरेक पटक उनलाई सम्झिरहेको हुन्छु । म बार्सिलोनाबाट खेल्दै गर्दा धेरैभन्दा धेरै सहयोग चाहिरहेको थियो । एक दिन विश्वको उत्कृष्ट फुटबलर मेरो सामु आए, मेरो हात समाएर भने ‘यहाँ आउ, तिमी सँधै तिमी नै बन्ने कोशिष गर, तिमी सँधै सुखी हुुनुपर्छ, तिमी सान्तोषमा जस्तो थियो यहाँ पनि यस्तै नै हुनुपर्छ । तिमी मसँग या अन्य कोहीसँग पनि डराउनुपर्दैन । तिमीलाई सहयोग गर्न म तयार छु ।’

    उनले थपे ‘हामी सँगै हुँदा होस् या टाढा, हामीले प्रशस्तै कुराकानी गर्यौं, जोक गर्यौं । उनी त्यस्तो मान्छे हुन् जसलाई म दिनदिनै सम्झिरहन्छु । त्यस्तै स्वारेज पनि उत्तिकै राम्रा मान्छे हुन् । यी दुई साथीहरुलाई म जिन्दगीभर नै सम्झिरहन्छु । उनीहरु फुटबलमा तथा मेरो मनमा सुरक्षित छन् । किनकी उनीहरुले मेरो लागि धेरै गरेका छन् ।’

    ‘उनिहरुप्रति सँधै मेरो सद्भाव रहनेछ । जब लियोले मेरो सम्भावित बार्सिलोना फिर्ता हुने कुरा बोलेको बेलाका थिए मैले लामो सास फेरेको थिए । मैले बार्सिलोनाका दिनहरु सम्झिरहेको छु । तर, अहिले पेरिसमा मेरो छुट्टै अवस्था छ ।’

    अन्तर्वातामा नेयमारले आफूलाई फर्ममा रहेको प्रमाणित गर्न समय लागेको स्वीकारे । नेयमार सन् २०१७ को समरमा बार्सिलोनाबाट कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पीएसजी गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार