बिना अक्सिजन माउन्ट केटु आरोहण गर्दै अष्ट्रेलियाकी पर्वतारोही एली पेपर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २१, २०८१

  • काठमाडौं । बिना अक्सिजन विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहणको तयारीमा अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपर छिन् । आरोहणका लागि उनी पाकिस्तान पुगेकी छन् । उक्त हिमालको सफल आरोहणसंगै उनले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १० वटा हिमालहरु मात्र आरोहण गर्न बाँकी रहने छ ।

    उनले ‘म र मेरो गाइड मिकेल शेर्पा अन्नपूर्ण–१ र मकालु हिमालको सफल आरोहण गरी अष्ट्रेलिया फर्किएपछि हामीले अष्ट्रेलियामा रहेको माउन्ट कोसिउस्कोको सफल आरोहण गयौं । उक्त हिमाल सात महाद्वीपका सबैभन्दा अग्ला शिखरहरु मध्ये एउटा हिमाल हो ।’ भन्दै आफु यस आरोहणका लागि उत्साहित रहेको पनि बताइन् । गाइड मिकेल शेर्पाले सात महाद्वीपका सबैभन्दा अग्ला शिखरहरु मध्ये माउन्ट कोसिउस्कोको सफल आरोहण गरिसकेका छन् ।

    उनले सातमध्ये ४ ओटाको सफल आरोहण पनि गरी सकेका छन् । केटु हिमालको सफल आरोहणपछि स्पोन्सर (प्रायोजक) पाए पाकिस्तानमै रहेको गाशरब्रम–१ र गाशरब्रम–२ हिमालको पनि बिना अक्सिजन आरोहण गर्ने तयारी उनको रहेको छ । त्यस्तै गाईड शेर्पाले पनि आफुहरु केटु हिमाल आरोहणको लागि तयार रहेको र पेपरले सफलतापूर्वक केटु हिमाल आरोहण गर्नेमा विश्वस्त भएको बताए । त्यस्तै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये तीन वटा हिमालको सफल आरोहण गरीसकेको र अब केटु हिमालको पनि सफल आरोहण गरे १० वटा मात्र बाँकी रहने शेर्पाको भनाइ छ । अन्नपूर्ण–१ र मकालु हिमालको आरोहण गर्न पेपरलाई मिकेल शेर्पा र निमा शेर्पाले गाइड गरेका हुन् ।

    दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्यमा पेपर छिन् । बिस्तारै एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आफुले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरो सम्म पाइला टेक्ने पेपर बताउँछिन् । उनले सेभेन समिट ट्रेक्स कम्पनी मार्फत उक्त हिमालहरु आरोहण गरिरहेकी छन् । सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्दै पेपरले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न सुरुवात गरेकी थिइन् । यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।

    यसअघि उनले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका दिन बिना अक्सिजन सफल आरोहण गरिसकेकी छिन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बन्न पनि पेपर सफल भएकी थिइन् ।

    हिमाल आरोहणको इतिहासलाईै हेर्ने हो भने हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा भने दुई जना मात्र पुगेका हुन्, जसलाई १६ वर्षको समय लागेको थियो । विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकाले पनि उनमा आफुले चालेका कदमले आफनो लक्ष्य सम्म पुग्नेमा उनी पुर्ण विश्वस्त देखिन्छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट