युरो कप छनोट : इटाली र स्पेनको जित


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं । चार पटकको विश्व विजेता टोली इटालीले युरो कप छनोटको पहिलो खेलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा इटालीले फिनल्याण्डलाई २–० गोलले पराजित गरेको हो ।

    इटालीका लागि खेलको सातौं मिनेटमा निकोलो बरेलाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।
    पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीका लागि मोइज किनले खेलको ७४ औ मिनेटमा गोल गर्दै जित पक्का गरे । त्यस्तै शनिबार राति नै भएको अर्काे खेलमा स्पेनले नर्वेलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

    स्पेनका लागि रोड्रिगोले खेलको १६ औँ मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोल भएको खेलमा नर्वेका लागि यहोशु किंगले खेलको ६५ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
    एक गोलले अग्रता बनाएको स्पेनका सर्जियो रामोस खेलको ७१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई जित दिलाए ।
    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार