अप्रिल १९ मा विवाह गर्दै अर्जुन कपूर र मलाइका अरोडा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १४, २०७५

  • चैत १४ , काठमाडौं ।  गएको वर्ष झैँ वर्ष २०१९ मा पनि बलिउडमा विवाहहरु हुने पक्का भएको छ । विवाहको पहिलो नम्बरमा भने अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको जोडीको पालो रहेको छ । खबरहरुका अनुसार, मलाइका र अर्जुनको विवाह अर्को महिनामा हुने बताइएको छ ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार, अर्जुन र मलाइकाको विवाह अप्रिल १९ मा हुने बताइएको छ । विवाहका लागि पाहुनाहरुको सूची पनि तयार भइसकेको छ  विवाहमा मलाइका र अर्जुनका नजिकका साथीभाइहरु सामेल हुनेछन् । अर्जुन र मलाइकाले अहिले आफ्ना कर्मचारीहरुलाई विवाहका विषयमा चुप लागेर बस्न निर्देशन दिएका छन् ।

    अरबाज खानसँग विवाह गरेकी मलाइकाले सन् २०१७ मा उनीसँग सम्बन्ध बिच्छेद गरेकी थिइन् । त्यसपछि सन् २०१८ देखि सार्वजनिक रुपमै एकअर्कालाई डेट गर्न थालेका अर्जुन र मलाइकाले अन्ततः विवाह गर्ने निर्णय लिएका छन् । तर विवाहको विषयमा अर्जुन र मलाइकाले अहिले नै कुनै आधिकारिक बयान दिएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार