एम्पायरको एउटा निर्णयले ‘हार्यो’ आरसिबी, रिसाए कोहली


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ ।  इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई ६ रनले हरायो । आरसिबीलाई अन्तिम बलमा जितका लागि ७ रन बनाउनु पर्ने थियो । क्रिजमा रहेका ब्याट्सम्यानले अन्तिम ओभरका पाँच बलमा १० रन बनाएका थिए । मुम्बईका लागि मलिंगाले बलिङ गरिरहेका थिए । आरसिबीका शिवम दुबे स्ट्राइकमा थिए ।

    त्यो बेलमा दुबेले छक्का प्रहार गरेको भए खेल बराबरीमा सकिने थियो । तर, उनले त्यसलाई छक्का प्रहार गर्न सकेनन् । आरसिबी पराजित भयो । तर, जब मलिंगाको आखिरी बलको रिप्ले देखाइयो, त्यसपछि यसले विवादको रुप लियो । किनकि त्यो अन्तिम बल नो बल थियो । तर, एम्पायरले त्यो देखेनन् ।

    यसले आरसिबीका कप्तान विराट कोहलीलाई रिस उठाइदियो । उनले एम्पायरको यो निर्णयविरुद्ध निराशा जनाए । उनी कति रिसाएका थिए भने उनी अन्य खेलाडीसँग समेत हात मिलाउन चाहँदैनथे । ‘हामी आइपिएल खेलिरहेका छौँ, कुनै क्लब क्रिकेट होइन,’ विराटले भने, ‘एम्पायरको यो निर्णय अत्यन्त खराब थियो । आइपिएलमा एम्पायरले आफ्नो आँखा खोलेर राख्र्नु पर्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार