आजबाट युरोपियन लिगका खेलहरु सुरु…


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ ।  अन्तर्राष्ट्रिय खेलको कारण स्थगित युरोपका चर्चित घरेलु लिगहरु आजबाट सुरु हुँदैछ । युरोपियन लिग खेल्ने खेलाडीहरु मैत्रिपूर्ण, युरोकप छनोट तथा कोपा अमेरिकाको तयारी खेलकोलागि जाँदा करिब दुई हप्तासम्म खेलहरु स्थगित भएका थिए ।

    आज इटालीको घरेलु लिग ‘सेरिया ए’ अन्तर्गत चिइभोले काग्लीयरीसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयअनुसार राति सवा १ बजे सुरु हुनेछ । त्यस्तै, स्पेनिस घरेलु लिग ‘ला लिगा’ अन्तर्गत जिरोनाले एथ्लेटिक बिल्बाओविरुद्ध खेल्दैछ । यो खेल राति पौने २ बजे सुरु हुनेछ ।

    जर्मन लिग ‘बुन्डेसलिगा’ अन्तर्गत आज हफिनहेइमविरुद्ध  बार्यर लिभरकुसेनले प्रतिस्पर्धा गर्दैछ । यो खेल राति सवा १ बजे सुरु हुनेछ भने फ्रेन्च लिग ‘लिग वान्’ अन्तर्गत रेनेसविरुद्ध लियोन मैदानमा उत्रदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार