के आर्सनलले यो समरमा यी पाँच खेलाडी बेच्ला ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १७, २०७५

  • काठमाडौं, चैत १७ ।  इंग्लिस क्लब आसर्नल जारी प्रिमियर लिगमा ‘टप फोर’ स्थान छनोट गर्नको लागि संघर्ष गरिरहेको छ । आर्सिनी वेङ्गरपछि युनाइ एम्रीले टिमलाई सम्हालिरहेका छन् । एम्री आएपछि आसर्नलको खेलमा अट्याकिङ बढेको छ । त्यस्तै खेलाडीहरुबीचको तालमेल पनि मिलिरहेको छ । तै पनि उनीहरुले लिगम संघर्ष गरिरहेका छन्  घरेलु लिगमा ६० अंक जोडेको आर्सनल लिगको पाँचौं स्थानमा छ । एम्री राम्रा प्रशिक्षकमा गनिन्छन् । उनै एम्रीले केही खेलाडीहरुलाई बेच्ने तरखर गरेका छन् ।

    ड्यानी वेलब्याक

    सन् २०१४ मा म्यान्चेस्टर युनाइटेडबाट आर्सनलमा आएका वेलब्याक सुरुवाती दिनमा प्रभावकारी खेलाडी देखिए पनि पछि उनले राम्रो गर्न सकेनन् । धेरै पटक चोटग्रस्त बनेका उनी हालको स्क्वाडमा पाउन पनि संघर्ष गरिरहेका छन् । उनै वेलब्याकको सम्झौता पनि यसै समरमा सकिँदैछ ।

    रब होल्डिङ

    आर्सनलका युवा खेलाडी रब होल्डिङ २३ वर्षका भए । सेन्टरब्याक होल्डिङ घुँडाको चोटको शिकार बने । विश्वस्तरिय खेलाडी बन्ने सुरसारमा रहेका उनी यसरी फ्रि भएपछि आर्सनल समर्थकहरु पनि रुष्ट बनेका छन् । उनले सन् २०१६ देखि आर्सनलबाट खेल्न थालेका हुन् तर, इलाभेन सेटमा पर्न संघर्ष गरिरहेका छन् ।

    लउरेन्ट कोसियानी

    आर्सनलका सेन्टरब्याक लउरेन्ट कोसियानीको उमेर ३३ वर्ष भयो । कुनै समय आर्सनलका सोलिड डिफेन्डर कोसियानीलाई पनि चोटको पिरले छोडेन । यसैकारण पनि क्लबले उनलाई छोड्ने अनुमति दिने सक्ने देखिन्छ ।

    कार्ल जेन्किन्सन

    रब होल्डिङजस्तै कार्ल जेन्किन्स पनि आर्सनलका अभागी खेलाडी हुन् । राइट ब्याक जेन्किन्सनले पहिलो टिममा स्थान बनाउन नसकेपछि वेष्टह्याम ब्रिमिङहाम सिटीमा लोनमै बिताइरहेका छन् । उनको सम्झौता पनि यही समरमा सकिँदैछ । तर, क्लबले उनीसँग सम्झौता नविकरण नगर्ने जस्तो देखिएको छ ।

    मोहम्मेद एल्नी

    बासेलबाट सन् २०१६ मा आर्सनल आएका उनी टिममा प्रभावकारी देखिएका छैनन् । २६ वर्षीय डिफेन्सिभ मिडफिल्डर एल्नीलाई ११ मिलियनमा खरिद गरेको भए पनि उनको बजार मूल्य घटेको छ । उनलाई पनि क्लबले बेच्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार