दुर्घटनामा परेका अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी डिस्चार्ज


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र २६, २०७५

  • काठमाडौं, चैत २६ । घाइतेपछि अस्पताल भर्ना भएका अर्जेन्टिनाका राष्ट्रिय फुटबल टिमका प्रशिक्षक लियोनल स्कालोनी डिस्चार्ज भएका छन् । मंगलबार बिहान साइकल चलाइरहँदा कारको ठक्करमा परेका उनी अस्पतालबाट डिस्चार्ज भइसकेको अर्जेन्टिना फुटबल संघले जनाएको छ ।

    अर्जेन्टिना फुटबल संघले ट्वीट गर्दै उनी अस्पतालबाट घर गइसकेको बताएको छ ।  ४० वर्षका स्कालोनीले रुस विश्वकपपछि राष्ट्रिय टिमको जिम्मेवारी पाएका थिए ।  उनी अर्जेन्टिनाको राष्ट्रिय खेलाडी समेत हुन् । उनले २००३ देखि २००६ सम्म राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार