हृदयघातपछि अस्पताल भर्ना भएका पोर्तोका गोलकिपर इकर कासिलाको अवस्था सामान्य


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख १९, २०७६

  • काठमाडौं, १९ वैशाख । स्पेनलाई विश्वकप जिताउने गोलकिपर इकर कासिलासको अवस्था सामान्य रहेको बताइएको छ । बुधबार पोर्चुगिज क्लब पोर्तोबाट व्यवसायी खेल खेल्दै आएका उनलाई अभ्यासको क्रममा हृदयघात भएको थियो । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर समेत रहेका उनलाई  बुधबार बिहान अभ्यासको क्रममा हृदयघात भएपछि अस्पताल पुर्याइएको थियो ।

    स्थानीय अस्पतलामा कासिलासको शल्यक्रिया भएपछि अवस्था सामान्य रहेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ । तर, उनले पोर्तोबाट जारी सिजनका बाँकी खेलहरु खेल्न नसक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार