अब फेसबूकको फोटो गूगलमा सार्न सकिने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर २३, २०७६

  • फेसबूकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ । अब फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा भएको फोटो तथा भिडियो गूगल फोटोजमा सार्न सक्ने भएका छन् ।

    सन् २०२० बाट विश्वका सबै प्रयोगकर्ताबीच लागू गर्ने बताउँदै फेसबूकले यसको शुरूआत आयरल्याण्डबाट गरेको छ । सन् २०१८ मा फेसबूकले घोषणा गरेको डाटा ट्रान्सफर योजना अन्तर्गत यो नयाँ टूललाई लिइएको छ ।

    फेसबूकले यो फिचरको उद्देश्य प्रयोगकर्ताका लागि भिन्न तथा सबै प्रकारका सेवाबीच सुरक्षित तवरले एउटा एपबाट अर्को एपमा डाटा ट्रान्सफर गर्नु बताएको साप्ताहिकले लेखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार