सात वर्षपछि आइफोनले चार्जिङ केवल हटाउने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर २५, २०७६

  • एजेन्सी । सात वर्षपछि पहिलोपटक एप्पलले चार्जिङ केबललाई पूर्ण रुपमा हटाउने भएको छ । कम्पनीले आगामी आइफोन मोडलका लागि चार्जिङ केबल र पोर्ट हटाइ पूरै वायरलेस प्रविधि अपनाउने एप्पलका वरिष्ठ विश्लेषकले टीएफ इन्टरनेस्नल सेक्युरिटीसँग बताएका हुन् । उनका अनुसार आइफोनका सबैभन्दा महङ्गा मोडललाई बाँकीबाट छुट्याउनका लागि भएपनि कम्पनीले पूर्ण वायरलेस प्रविधि अपनाउनेछ । एप्पलले यसअघि आइफोन ८ का लागि वायरलेस चार्जिङ डक्स ल्याएको थियो ।

    एप्पलले आगामी वर्ष आइफोनका पाँचवटा मोडल लन्च गर्ने अनुमान रहेको छ । लिको अनुमान अनुसार कम्पनीले वर्षको बीचतिर ४.७ इन्चको मोडल सार्वजानिक गर्नेछ भने अन्तिम महिनातर्फ फाइभ–जी चल्ने ६.७ इन्चसम्मका मोडल बाहिर ल्याउनेछ । यसअघि जेपी मोर्गन विश्लेषकले एक रिपोर्टमा गरेका अनुमानमा पनि यही जानकारी थियो । एप्पलले भने तत्काल यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

    लामो समयसम्म एउटै किसिमको डिजाइनमा आधारित रहँदै आएको एप्पलले आगामी दिनहरुमा आफ्नो व्यापारलाई बुस्ट गर्नकै लागि भएपनि उल्लेखनीय परिवर्तन ल्याउने अधिक सम्भावना रहेको छ । किनकी आइफोन एप्पलको आम्दानीको सबैभन्दा ठूलो श्रोत हो । तर केही समय यता एप्पलको नाफामा गिरावट आएको पाइएको छ । त्यस्तै आइफोनका हेडफोन ज्याक पनि २०१६ मा आइफोन सेभेन पश्चात हटाइएको थियो । त्यसैले आइफोनलाई पूर्ण रुपमा वायरलेस बनाउन यसको चार्ज गर्ने युएसबी–सी पोर्ट पनि हटाउनुपर्ने हुन्छ । जसले यसलाई कुनै होल नभएको पलिो स्मार्टफोन बनाउन सक्छ । त्यस्तै आइफोनले पूर्ण वायरलेस नीति अपनाउन हेडफोन पनि वायरलेस बनाउनुपर्ने हुन्छ ।  सिएनएन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट