नयाँ अपरेटिङ सिस्टम बनाउँदै फेसबुक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस १४, २०७६

  • काठमाडौं । पछिल्लो समय फेसबुकले नयाँ अपरेटिङ सिस्टममाथि काम गरिरहेको छ । द इन्फरमेशन (The Information)को एक रिपोर्ट अनुसार माइक्रोसफ्टको भेट्रान मार्क लुकोब्सकीसँग मिलेर फेसबुकले एक नयाँ अपरेटिङ सिस्टम बनाउँदैछ ।

    तपाईलाई यो पनि जानकारी गराउन चाहन्छौं कि मार्क लुकोब्सकीले विन्डो एनटी (Windows NT) अपरेटिङ सिस्टम बनाउन मुख्य भूमिका निभाएका थिए ।

    द भर्ज (The Verge)को ताजा रिपोर्टका अनुसार फेसबुकको एआर (AR) र भीआर (VR) हेड्स मध्येको एक फीकसल कर्कप्याट्रिकले भने, ‘सम्भव छ, फेसबुकको फ्युचर हार्डवेयरको लागि गुगल सफ्टवेयरको आवश्यकता पर्दैन । यसै सफ्टवेरमार्फत फेसबुकको गुगल कन्ट्रोल कम गर्न तथा पूर्ण रुपमा समाप्त गर्न सकिन्छ ।’

    द इन्फरमेशनको एक रिपोर्टमा फेसबुकका हार्डवेयर हेड एन्ड्र्यु बासवर्थले भने, ‘कम्पनीलाई यस्तो लाग्दैन कि मार्केटप्लेस अथवा प्रतिद्वन्द्धिमाथि भरोसा गर्न सकिन्छ भनेर । जसको लागि कम्पनीले यो काम आफै गर्नुपर्छ ।’

    यसै रिपोर्टमा कम्पनीले भविष्यमा एप्पल र गुगल जस्तै आफ्नै ओपरेटिङ सिस्टम ल्याउन सक्ने उल्लेख गरिएको छ । यस अगावै भी ब्लुमबर्ग र एफटीको एक रिपोर्टमा कम्पनीको कस्टम सिस्टम चिप हार्डवेयर र वायस असिस्टेन्टमा काम गरिरहेको उल्लेख गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार