सोनीले पनि विद्युतीय गाडी निर्माण गर्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २२, २०७६

  • विश्व प्रसिद्ध सोनी कम्पनीले विद्युतिय गाडीको कन्सेप्ट (अवधारणा) सार्वजनिक गरेको छ। सोनीले नयाँवर्ष २०२० मा सप्राईज दिदै ‘भिजन एस’ कन्सेप्ट सार्वजनिक गरेको हो।

    सोनीले इन्टरटेन्मेन्टका उत्पादन, सेन्सर क्यामरा लगायतका सामग्रीको कन्सेप्ट सार्वजनिक भएको छ। विद्युतीय गाडीभित्र र बाहिर ३३ प्रकारका सेन्सर सहित मनोरञ्जन डिस्प्ले, ३६० अडियो कनेक्टीभीटी रहेको छ। भिजन एस विद्युतीय गाडीको नयाँ डिजाइन प्लेटफर्मको लागि हो।

    सोनीले अटोमोटिभ सप्लायर मग्नासँग सहकार्य गरी सेडान र एसयुभी विद्युतीय सवारीको लागि उत्पादन गर्ने बताएको छ ।

    सोनीको सीईओ केनिचिरो योशिदाले भने, ‘यस प्रोटोटाइपले गतिशीलताको भविष्यमा हाम्रो योगदानलाई समेट्छ ।’ यसबाहेक सोनीले धेरै कुरा खुलाएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार