मोबाइल बैंकिङ गर्नुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्….


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ १, २०७६

  • अहिले मोबाइल बैंकिङ निकै हुने गर्छ । यसमा प्रयोग गरिने एप्सका उप्पादकहरुले यसको सुरक्षामा निकै खर्च गरेका हुन्छन् तर यतिले मात्रै तपाईंको बैंकिङ सुरक्षित नहुन सक्छ । त्यसैले यी कुरालाई ध्यान दिनु उपयुक्त हुन्छ ।

    • आफ्नो बैंकको आधिकारिक एप्स् मात्रै चलाउनु होस् र बैंकको वेभसाइटमा गएर एप्स्को सुरक्षाका लागि के–के विधिहरु अपनाइएको छ भनेर निरन्तर जानकार हुनुहोस् ।
    • तपाईले प्रयोग गर्ने एप्सका बारेमा जान्नुहोस र अरुको विचार कस्तो छ बुझ्नुहोस् किनभने धेरै जसो एप्स् फर्जी पनि हुनसक्छन् ।
    •  बैंकले तपाईको लेनदेनका बारेमा निरन्तर जानकारी दिइरहने हुनाले आधिकारिक एप्स प्रयोग गर्दा केही गडबडी भयो भने पनि बैंकले तपाईंलाई जानकारी दिन्छ ।
    • भाइरसबाट स्मार्टफोनलाई टाढा राख्न आवश्यक छ यसका लागि आफ्नो फोनको अपरेटिङ सिस्टममा आधार भएर एन्टीभाइरस प्रयोग गर्नुहोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार