बिल गेट्सकी छोरीको विवाह इजिप्टको खेलाडी नायल नासरसँग हुने पक्का


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, माघ १९, २०७६

  • माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी जेठी छोरी जेनिफर गेट्सले इजिप्टको खेलाडी नायल नासरसँग विवाह गर्ने भएकी छिन्। नासर इजिप्टका घोड सवार खेल सो जम्पिङका खेलाडी हुन्। नासरले हालै इजिप्टलाई टोकियो ओलम्पिक्सका लागि क्वालिफाइ गराएका थिए।

    २३ वर्षकी जेनिफरले इन्स्टाग्राममार्फत आफूहरु सम्बन्धमा भएको पुष्टि गर्दै विवाह गर्ने घोषणा गरेकी हुन्।

    https://www.instagram.com/p/B76sF7GH7n-/?utm_source=ig_embed

    https://www.instagram.com/p/B76uaB3H0k4/?utm_source=ig_embed

    नासरले पनि इन्स्टामै आफू जेनिफरसँग जीवन बिताउन तयार भएको बताएका छन्। उनले जेनिफरसँग विवाह गर्न पाउनु भाग्यको कुरा भएको बताएका छन्।

    बिल गेट्स यस खबरले खुशी भएको जनाइएको छ। एजेन्सी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार