गुगल क्रोम असुरक्षित : चोरिन सक्छ तपाईको डाटा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ६, २०७६

  • काठमाडौं –  गुगल क्रोम वेब ब्राउजरमा डाटा असुरक्षित रहेको तथ्य फेला परेको छ ।

    हालसालै गुगलले आफ्नो वेब स्टोरबाट ५ सय खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुका लागि ब्राउजर डाटा चोरी गर्ने टूलको रुपमा काम गर्दै आएका थिए ।

    यी एक्सटेन्शन्स माल्भटाइजिग र एड फ्रड कम्पनीको हिस्सा थिए । गुगल क्रोमको वेब स्टोरमा जनवरी २०१९ देखि रहेका ती एक्सटेन्शनहरु सन् २०१७ देखि नै सक्रिय हुँदै आएका थिए ।

    सिस्कोको डुओ सेक्योरिटी र सेक्योरिटी रिसर्चर जमीला कायाले गरेको संयुक्त अनुसन्धानमा यी एक्सटेन्शनहरुमध्ये ७० क्रोम एक्सटेन्सनहरु १७ लाख प्रयोगकर्ताले इन्सटल गरेको पाइएको छ ।

    लगत्तै सिस्कोले यसको जानकारी गुगललाई दिएको थियो । यससँगै पछि ४३० अरु खतरनाक एक्सटेन्सनहरु पनि पाएको थियो ।  हाल यी सबैलाई डिएक्टिभेट गरिदिएको छ ।

    यस प्रकारका एक्सटेन्सनहरुले प्रयोगकर्ताको बानि व्यबहारको पनि निगरानी गरेर अट्याकरहरुलाई सूचना पठाउँने गरेको थियो ।

    यसैकारण ह्याकरहरुले प्रयोगकर्ताको जानकारीलाई संकलन गरेर यसैको माध्यमबाट उनिहरुको प्राइभेट डाटा समेत चोरी गर्नसक्ने खतरा बढेपछि गुगलले खतरनाक भनिएका सबै एक्टेन्सन हटाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार