सञ्चार मन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्रबिच खास के संवाद भएको थियो ?


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ८, २०७६

  • काठमाडौं । ८ फागुन । ७० करोड रुपैंया घुस मागेको आरोपमा बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए । आखिर मन्त्री बाँस्कोटा र स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग खास के कुरा भएको थियो ?

     

    • विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन
    • मन्त्री गोकुल बास्कोटाः ह…
    • विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

    *मन्त्री गोकुल बास्कोटाः ठीक छ।-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।

    *मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।

    *विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।

    *मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।

    *विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

    -मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?

    -विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा

    -मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?

    -विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

    -मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।

    -विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

    -मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?

    -विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।

    -मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?

    -विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

    -मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?

    -विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने…

    -मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?

    -विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।

    -मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..

    -विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

    -मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

    प्रतिक्रिया
    सम्बन्धित समाचार