सामसुङको किबोर्ड बिनाकै मोवाइल आउँदै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १३, २०७६

  • सामसुङ कम्पनीले एउटा अपत्यारीलो घोषणा गरेको छ । घोषणा अनुसार कम्पनीले कि–वोर्डबिनाकै मोबाइल बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुँदा टाइप गर्न झन्झटिलो हुने गुनासाहरु बेला/बेला सार्बजनिक भइरहँदा सामसुङले कि–वोर्ड नभएपनि चलाउन मिल्ने मोवाइल ल्याउने लागेको हो । सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने किसिमको सफ्टवयरको विकास गरेको हो ।

    अमेरिकाको लस–भेगासमा ‘सीइएस टेक एक्सपो’मा सामसुङको क्रियटिभ ल्याबका क्रिस फक्सले बुधबार यसको परिक्षण प्रदर्शन समेत गरेका छन् । उनका अनुसार सेल्फीटाइपर भनिएको यो सफ्टवयर मोबाइलमा खोलेर अगाडि टाइप गर्दा कुन अक्षर अगाडि औला चलिरहेको छ भनेर सफ्ट्वयरले पहिचान गर्छ र अक्षर टाइप गर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार