टाटा स्कुल बसको नयाँ उपभोक्ता योजना


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १४, २०७६

  • काठमाडौं । टाटा मोर्टसले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टेडिङले टाटाको स्कुल बसको खरिदमा एक लाख नगद छुटसहित सोनी ५५ इन्च एलईडी स्मार्ट टीभी, सामसङ नोट १० मोबाइल, म्याकबुक एअर वा क्यानन प्रोजेक्टरमध्ये कुनै एक उपहार प्राप्त गर्न सकिनेछ ।

    योजनाले आफ्ना ग्राहकको बदलिँदो इच्छा र आकांक्षा पूरा गरी टाटा स्कुल बसलाई नेपाली बजारमा आफ्नो छुट्टै छवि बनाउन सहयोग गर्ने विश्वास रहेको कम्पनीले जनाएको छ । यी बस विद्यार्थीको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको हो । कम्पनीका अनुसार टाटा स्कुल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बससम्बन्धी सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ ।

    एसी तथा ननएसीको व्यवस्थासहित यी बस १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलमा उपलव्ध छन् । उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसको लामो आयुको अतिरिक्त उत्कृठ पुनःबिक्री मूल्य भएको पनि कम्पनी बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार