एनसेलको ‘ह्याप्पी आवर अन रिचार्ज’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १५, २०७६

  • एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। सो अफरअन्तर्गत ग्राहकले १०० र योभन्दा माथिका प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गर्न सकिने एनसेलले जनाएको हो।

    यो अफर आगामी फागुन १५ देखि लागू हुने जनाइएको छ। भ्वाइस सेवाअन्तर्गत पाइने सेवा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म लागू हुने एनसेलले जनाएको छ। यो अफरसँगै एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रतिमिनेट (करसहित १ रुपैयाँ २६ पैसा)मा एनसेल नेटवर्कभित्र कुरा गर्न मिल्ने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार