कलाकार राजेन्द्र खड्गी मानव बेचबिखनको आरोपमा पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ २५, २०७४

  • काठमाडौं, माघ २५— केन्द्रिय अनुसन्धान ब्यूरोले मानव बेचबिखनको आरोपमा कलाकार राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । ब्यूरोले मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राख्ने म्याद लिई अनुसन्धान सूरु गरिसकेको छ ।

    खड्गीलाई बिहीबार दिउसो ठमेलबाट पक्राउ गरेको हो । अनुसन्धान ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठले दिएको जानकारी अनुसार बिभिन्न सांस्कृतिक कार्यक्रम, चलचित्र र डकुमेन्ट्री बनाउने भन्दै खड्गीले दक्षिण कोरिया लगेर ११ जनालाई छोडेको भन्ने सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको हो ।

    अनुसन्धान ब्यूरोले दिएको जानकारी अनुसार खड्गीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैंयाँ लिएर दक्षिण कोरिया पुर्‍याएका थिए । खड्गी र उनको साथमा एक जना नेपाल फर्किए पनि अरु उतै कोरियामै बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार