प्रधानमन्त्री ओली बालुवाटार फर्किए


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १, २०७६

  • काठमाडौं । ३० फागुन । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणपछि शुक्रबार सा“झ सरकारी निवास बालुवाटार फर्किएका छन् । ओलीको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले बताए । सरकारी निवास बालुवाटार फर्किए पनि ओली चिकित्सकको निगरानीमा रहनेछन् ।

    फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको शरीरमा २१ फागुन गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    तत्कालका लागी प्रधानमन्त्री ओलीको नियमित भेटघाट र बाहिर हि“ड्डुल बन्द गरिएको चिकित्सकहरूले बताएका छन् । नत्र संक्रमणको जोखिम हुने बताईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार