ला लिगा २०१९–२० को अन्त्य गर्न तयार छु: ला लिगा प्रमुख


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३, २०७६

  • ला लिगा अध्यक्ष जाभियर टेवासले सिजन २०१९–२० को अन्त्य गर्न तयार भएको बताएका छन् । कोरोना भाइरसका कारण स्थगित भएको लिगको अन्त्य गर्न आफू तयार भएको लिग प्रमुख जाभियरले बताएका छन् ।

    स्पेनका खेलकुद गतिविधि दुई साताका लागि स्थगित भएका छन् । स्पेन सरकारले पनि कोरोना भाइरसको रोकथाममा सहयोग पु¥याउन १५ दिन देशमा हुने सबै गतिविधि रोक्न निर्देशन दिइसकेको छ ।

    “जारी सिजनाको अन्त्य गर्न म सहमत छु । हामी अन्य लिगसँग खेल तालिकाको विषयमा छलफल गर्दै छौं” ला लिगा प्रमुख जाभियरले भने, “ला लिगाभित्र दुई व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । जतिसक्दो हामी प्रयास गरिरहेका छौ कि उनीहरूलाई सुरक्षित र टाढा राखौं ।”

    ला लिगाका २७ औं चरणका खेल सकिँदा बार्सिलोना ५८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै ५६ अंक जोडेको रियल मड्रिड दोस्रो र ४७ अंक जोडेको सेभिल्ला तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार