पोग्वा बेच्दै म्यानचेस्टर युनाइटेड


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ६, २०७६

  • म्यानचेस्टर युनाइटेडले फ्रान्सेली स्टार मिडफिल्डर पाउल पोग्वालाई बेन्च चाहेको बताएको छ ।  पोग्वाका लागि एक सय मिलियन पाउण्ड मूल्य तोक्दै उक्त प्रस्ताव सुन्न चाहेको क्लबले जनाएको छ । क्लब र पोग्वाबीचको सम्झौता अझै एकवर्ष बाँकी रहे पनि यस विषयमा दुबै सहमति रहेको रिपोर्टमा उल्लेख छ ।

    पछिल्लो १२ महिना यता पोग्वा र क्लबबीचको सम्बन्ध बिग्रिएको छ । त्यसैले पोग्वा आफैँले पनि क्लब छोड्न दबाब दिइरहेका छन् ।   यस सिजनको सुरुवातमा पोग्वा स्पेनिस क्लब रियल मड्रिड जाने तयारीमा थिए । तर, क्लबले पोग्वाका लागि १५० मिलियन पाउण्ड मुल्य तोकेपछि रियलको प्रयास बिफल भएको थियो ।

    एजेन्ट मिनो रायोलाले पनि पोग्वाका यस सिजनको अन्त्यमा युनाइटेड छोड्ने दाबी गरेका छन् । चोटग्रस्त पोग्वाको एङ्कल सर्जरी गरिएको छ । उनी सर्जरीपछि उनी खेलका फर्किने अपेक्षा गरिएको थियो । तर, कोरोनाका कारण लिगका सबै खेल स्थगित भएसँगै उनको पुनरागमन लम्बिएको छ ।  पोग्वाले यस सिजन युनाइटेडका लागि सबै खाले मात्र ८ खेल खेलेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार