कोरोनाका डरले परिवारबाट टाढा छिन् सोनम कपूर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ६, २०७६

  • बलिउड अभिनेत्री सोनम कपूर र उनका पति आनन्द आहुजा मंगलवार लण्डनबाट भारत फर्किएका छन् । सोनमले कोरोना भाइरस फैलिने डरले १४ दिन आफूलाई अरुबाट छुट्टै राखेकी छिन् । सोनमको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । हालै सोनम र उनकी सासु टाढैबाट कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा छाएको छ ।

    भिडियोमा सासु र सोनम घरको छत र भुइँबाट कुरा गरेको देख्न सकिन्छ । यतिबेला सोनम कपूर मात्र नभएर बलिउडका कैयन् हस्ती सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् । अमिताभ बच्चन, आलिया भट्ट लगायत सेल्फ क्वारेनटाइटमा बसिरहेका छन् ।

    सोनम पनि निकै नै सचेतना अपनाएर र अरुबाट टाढै बसेर क्वारेनटाइनमा बसिरहेकी छिन् । उनले हालै अर्को एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सोनमले पति आनन्द आहुजासँग खाना खाइरहेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार