साउदी अरबमा बसेर मातृभुमी नेपाल सम्झिदा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख ३, २०७७

  • बिनु कुमार बराल

    पहिले-पहिले हजुरबुवा हजुरआमाहरुले भन्नू हुन्थ्यो । नाति दसा बाजा बजाएर आउदैन ,होसियार हुन पर्छ । म तेहि बेला सोचिहाल्थे, आफै होसियार हुनुपर्न्ने रहेछ तर समय बित्दै गयो, हजुरबुबा, हजुरआमाहरु बित्नुभयो ।

    म पनि समय सापेक्ष परिवर्तन हुँदै गए तर आज विश्व जगत नै चकित गर्दै कोरोना भाइरसले सबैलाई आतंकित बनाएको छ । यसको उपचार , रोकथाम पत्ता लगाउन संसारभरका बैज्ञानिक तल्लीन छ्न् तर अझै सफलता पाउन सकेका छैनन् । धेरै मेहनत गरेपछि सफलता त मिल्ला तर त्यतबिेला सम्म के हामी बचिएला रु यस्तै मनमा अनेकौं तरङ्गहरु तैरिहन्छ्न् । कहिल्यै नथाक्न्ने ,कहिल्यै नरोकिन्ने संसार आजकाल बन्द कोठामै थान्किरहेका छ्न् । जसरी म थन्किएको छु, मेरा बुबा आमा थान्किनु भएको छ । मेरा परिवार थन्किएका छन् । म हु भन्ने देश थन्किएको छ । धेरैका घमण्डहरु थन्किएका छ्न् । जसरी बिउको लागि ,आमाले मकै थन्किए जस्तै सबै थन्किएका छ्न् ।

     

    त्यो मकै घौटोमा राखिएको हुन्थ्यो । आमालाइ मैले सोध्ने गर्थे आमा किन यसरी यो मकै लाई चाहिँ यतिधेरै माया गर्नु भएको आमाले भन्नुहुन्थ्यो स् यो बीउ मकै हो त्यसैले बाहिर राखे घुनले खान्छ ,बीउ नास हुन्छ । हो आज संसारलाई मान्छे बीउ जोगाउन गाह्रो भैरहेको छ । सबै धर्म मान्न्नेहरुले आफ्नै प्रकारले मानिसको बीउ जोगाउन पहल गरिरहे पाइन्छ , धर्म भन्दा ठुलो कुरो मानव धर्म रहेछ । जहाँ सबैलाई सहयोग गरेर बाच्न्नु पर्ने , सबैलाई बचाउनु पर्ने , जून देशमा म एक दशक जति काम गरिरहेको छु । त्यो देश यहीं खाडी साउदी अरब हो, जहाँ आफना नागरिकहरुलाई जस्तै गरि अन्य देश का नागरिकहरुलाइ समान सहयोग ,स्वास्थ उपचार गरिरहेको छ । साथै नेपालको दुताबासले साउदी अरबले पनि धेरै धेरै राम्रो काम गरिएको छ । आफना नागरिकहरुलाइ बचाउन, जोगाउन धेरै पहल गरेको छ । देश लकडाउनमा छ , यति सुबिधा हुँदाहुदै पनि मन भने नेपाल पुगेर आउँछ ।

    यो मन किन किन आजकाल नेपालको गाउँ पाखा पखेरीमा बाल्यकाल बिताएको झलझली याद आइरहेको छ । जहाँ धानका बाला झुलेको, खेतका आलिआलिमा मास फलिरहेको , खेतको माथीबाट ठुलो कुलो खेतमा लगाएको, अनि बारीमा वारीपारी घासैघास, त्यही मकै बारीमा केही बीउ मकैहरुको बीच बीचमा कोदो रोपेको , उनी संग मायाले जिस्किएको, धान काट्न जादाको रमाइलो, दाही गरेको रमाइलो , बेसिदेखि धान बोकेको रमाइलो, पराल बोकेको रमाइलो, अनि गाउ बेसि गर्दै मायाजल लगाएको रमाइलो । यस्तै अनेकौं तरंगले मन पोलेर आउँछ , यस्ता मन पोल्न्नेहरु म मात्र कहाँ हो रु ७० लाख नेपाली हरुको हो ।

    हो, हामी कामको खोजीमा परदेसिएकाहरुको अबस्य हो । तर हाम्रो योगदानले देशमा केही परिवर्तन भएका छ्न् । वैधानिक र अवैधानिक गरेर लगभग ७० लाख नेपाली वैदेशिक रोजगरिको सिलसिला तथा उच्च शिक्षा हासिल गर्न संसारभर पुगेका छन् । जसले बिदेशमा आए आर्जन गरेर आर्थिक वर्ष २०७५ र ७६ मा मात्र नेपाली रुपैयाँ ७ सय ८४ विलियन रेमिटेन्स भित्र्याएका थिए । त्यो नेपालको कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई ९१ र ३० हुन जान्छ ।

    यहाँ आफ्नो र परिवारको पेट भर्नकै लागि गुजारा गर्न मात्र पुग्ने पारिश्रमिक लिएर बिदेशीनेको संख्या धेरै नै छ । एक महिना काम तथा पारिश्रमिक नपाउँदा पारिवारिक गुजारा गर्न धौधौ पर्ने अवस्थाले गर्दा पनि कोरोनाको महमारीका कारण सृजित परिस्थितिले गरिएको लकडाउन र अनिश्चितता कारण अब के होला रु अर्थतन्त्र कस्तो रहला रु भन्ने कुरा नै मुख्य चासो छ । यसैले मेरो मन देश र नागरिक परिवारप्रती चिन्तित बनाउछ । राज्य र नागरिक मिलेर केही गर्न नसके देश संकट मा पर्न्ने छ ।

     

    अहिले कतिपय नेपाली दाजुभाइहरु काम नै छोडेर नेपाल जाने तयारीमा छ्न् कोरोनाले ल्याएको बिपतलाई अवसरको रुपमा सदुपयोग गर्दै राज्यले आफ्ना नागरिकहरुलाई स्वदेशमा नै रोजगार दिलाउने रणनीति अनुरूप कृषि, साना तथा घरेलु उद्योगका कलकारखाना क्षेत्रमा विशेष कार्यक्रम लागु गर्‍यो भने देशको आन्तरिक उत्पादन बृद्धिसमेत हुनेछ । यसमा नागरिक र राज्य सहकार्य गर्दै अगाडि बढ्न सकिन्छ । साथै प्रवासमा रहेका नागरिकको शारीरिक स्वस्थ, मानसिक स्वस्थका लागि बिशेष पहल राज्यले गर्नु पर्दछ । यदि राज्यले केही गर्न सकेन भने मन यस्तै तरङित बनाइरहेको छ ।

    खादबारी नगरपालिका २ संखुवासभा
    हाल : साउदी अरब , दमाम

    प्रतिक्रिया
    सम्बन्धित समाचार