संगिताले तोडिन बार्‍ह बर्ष पुरानो किर्तिमान


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र २८, २०७४

  • काठमाडौं, चैत २८, ४८ केजी तौल समूहमा संगिता राईले १२ बर्ष पुरानो किर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन् । उनले काठमाण्डौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान उक्त किर्तिमान भंग गरेकी हुन् ।

    नेपाल पुलिस क्लबकी संगिताले सिनियरतर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाडौंमा आयोजित ३५ औं युवराज जन्मोत्सव कपमा राखेको ५३.५ र ११८.५ केजी तौल लाई भंग गर्दै ५४ र १ सय २३ केजीको नयाँ किर्तिमान राखेकि हुन् । यस्तै संगिताले क्लिन एण्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ६९ केजीका साथ नयाा किर्तिमान राखिन् ।

    उनले दोश्रो लिफ्टमा नै किर्तिमानलाई सुधार गर्दै ६७ केजीको किर्तिमान राखेकी थिईन् । तेश्रो लिफ्टमा उनले पुन ६९ केजी भार बहन गर्नै नयाा राष्ट्रिय किर्तिमान कायम गरिन् । यस स्पर्धामा नेपाली सेनाका मनिषा रानाभाटले कुलमा ११६ केजीका साथ रजत र रिता गुरुङ्गले ९३ केजीका साथ कास्य पाए ।

    ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने र राष्ट्रिय टिममा समायोजन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको ४८ केजी तौलकै जुनियर तर्फको प्रतिस्पर्धामा ग्यालेक्सी फिटनेशकी करिना चौधरीले कुलमा ९३ केजी भारबहनका साथ स्वर्ण पाईन् । डिभाईन फिजिकल फिटनेशकी पल्लभी चौधरीले ७३ केजीका साथ रजत र ग्यालेक्सीकै राधा भुजेलले ३५ केजीका साथ कास्य पाईन् । प्रतियोगिताको पहिलो दिन महिला तर्फ ८ राष्ट्रिय किर्तिमान कायम भएका छन् ।

     

    अशोक फिटनेश ईक्विपमेण्ट र हेल्थ ट्याक फिटनेश ईक्विपमेण्टको प्रायोजनमा भएको प्रतियोगितामा महिला तर्फकै सिनियर ५३ केजी तौलमा नेपाल प्रहरी क्लबकी देवी कुमारी चौधरीले स्नाचमा ६५ केजीको नयाा किर्तिमान राखिन् । उनले संजु चौधरीले यसै बर्ष पोखरामा सम्पन्न २३ औं पुरुष तथा ८ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राखेको ६३ केजी तौलको किर्तिमान भंग गरेकी थिईन् । चौधरीले कुलमा १४५ केजी भार बहन गर्दै स्वर्ण पाईन् । दोश्रो स्थानमा रहेकी खर्साल युथ क्लबकी सरस्वती चौधरीले ८५ केजी तौलका साथ रजत पाईन् ।

    यसै स्पर्धाको जुनियरतर्फ ओम फिटनेश तथा अर्डर सप्लायर्सकी संजु चौधरीले तीन किर्तिमान राखिन् । उनले पोखरामा भएको २३ औं पुरुष तथा ८ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्नाचमा राखेको ६३ केजी, स्नाचको ८२ केजी र कुलको १४५ केजीमा सुधार गर्दै ६४, ८४ र १४८ को नयाँ किर्तिमान रचिन् । महिलाको ५८ केजी तौलमा स्पोर्टस् हाईवका शितल घिमिरेले स्वर्ण ६६ केजीका साथ स्वर्ण पाईन् । यस्तै जुनियरतर्फ खर्साल युथ क्लबकी काजल यादवले ९७ केजीका साथ स्वर्ण र बिरगंज युनाईटेडकी रविना बस्नेतले ९० केजीका साथ रजत पाईन् ।

    ललितपुरस्थित स्पोर्टस् हाईवमा भएको प्रतियोगिताको पुरुष ५६ केजी सिनियर तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका तुलाराम महतोले १८२ केजीका साथ स्वर्ण पाए । सेनाकै सन्तोष थपलियाले १६५ केजीका साथ रजत र बिरगञ्ज फिजिकल फिट्नेशका अशोक कुमार शाहले १२५ केजीका साथ कास्य पाए । यसै स्पर्धाको जुनियरतर्फ खर्साल युथ क्लबका राम कुमार यादवले १८१ तौलका साथ स्वर्ण पाए । खर्सालकै लालबाबु पासवानले १ सय ५३ केजीका साथ रजत र बिरगञ्ज युनाईटेडका राजा शाह कानुले १३५ केजीका साथ कास्य पाए ।

    पुरुषकै ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले कुल २१० केजी तौल भार बहन गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका नेपाल प्रहरीका मुई लामाले २०१ केजीका साथ रजत र एपिएफ क्लबका सुभाष कुमार साहले १ सय ६५ केजीका साथ कास्य पाए । जुनियर तर्फ खस्र्याल युथ क्लबका रमेश झाले १ सय ६० केजीका साथ स्वर्ण, डिभाईन फिजिकल फिटनेशका गणेश रानाभाटले १ सय ५६ केजीका साथ रजत र बिरगञ्ज युनाईटेडका सजरुद्धिन आलमले १ सय ५० केजीका साथ कास्य पाए । उक्त दुई दिने प्रतियोगिताको प्रतिनिधी सभाका माननिय सांसद जीवनराम श्रेष्ठले एक कार्यक्रमबिच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार