श्रृंखला खतिवडालाई ‘मिस नेपाल २०१८’ को ताज


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र २८, २०७४

  • काठमाडौं, चैत २८, मकवानपुर, हेटौंडाकि २२ वर्षिया श्रृंखला खतिवडाले मिस नेपाल २०१८ को ताज जितेकी छिन् । ५ फुट ६ इन्च अग्ली खतिवडा लेखनमा रुचि राख्छिन् । उनी २३ औं मिस नेपाल विजेता बनेकी छिन् । मिस नेपालसँगै उनले ब्यूटिफूल हेयरको उपाधि पनि जितेकी छिन् ।

    पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर अध्ययन गरेकी उनले लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रुपमा काम गरेको अनुभब बटुलेकी छिन् । उनको पारिवारिक पृष्ठभुमी राजनीति हो । उनका बुबा बिरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ का निर्वाचित नेकपा एमालेका सांसद हुन् । उनकी आमा मुनु सिग्देल पार्टिकै जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हुन् ।

    त्यस्तै प्रिया सिग्देलले ब्युटि विद पर्पस, मिस नेपाल अर्थ जितिन् । मनिता देवकोटाले मिस नेपाल युनिभर्स, रोनाली सिंहले मिस नेपाल इन्टरनेश्नल, आस्था साख्वाले मिस कन्फिडेन्ट, मनिता देवकोटाले मिस नेपाल युनिभर्स, सन्ध्या अधिकारीले पपुलर च्वाइस अवार्ड हात पारेका छन् । देवकोटाले नगद १ लाख रुपैंयाँ प्राप्त गरिन् । ‘मिस यूनिभर्स’ मा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रियाले यसवर्ष ‘मिस अर्थ’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले नगद १ लाख रुपैयाँ पनि प्राप्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार