काठमाडौं पोष्टको प्रधान सम्पादकमा पत्रकार अनुप काफ्ले


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन २२, २०७५

  • काठमाडौं, साउन २२ । कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी दैनिक ‘द काठमाडौं पोष्ट’ को प्रधान सम्पादकमा पत्रकार अनुप काफ्ले नियुक्त भएका छन् । काफ्लेले कान्तिपुर मिडिया ग्रुपको डिजिटल टान्सफर्मेशन प्रमुखको समेत जिम्मेवारी दिईएको छ । ‘उहाँको नेतृत्वमा द काठमाडौं पोष्टले नयाँ उचाई लिने छ,’ केएमजीका अध्यक्ष कैलाश सिरोहियाले भने ‘उनले केएमजीको ‘डिजिटल ट्रान्सफर्मेशन’ को समेत नेतृत्व गर्ने छन् ।’

    अमेरिकाको दी वासिङ्टन पोस्टमा वैदेशिक र राष्ट्रिय सुरक्षा सम्बन्धी डिजिटल सम्पादकका रुपमा अनुभब बटुलिसकेका ३४ वर्षीय काफ्लेले यही वर्षदेखि सूरु गरेको अनलाइन रोड्स् एण्ड किङ्डम्सको सम्पादकीय तथा ‘ग्रोथ स्ट्रटेजी’ को नेतृत्वमा थिए । लण्डनमा रहेर बज्फिड्को नायव अन्तर्राष्ट्रिय सम्पादकका रुपमा अनुभब बटुलिसकेका काफ्लेले अमेरिकाको टस्कुलम कलेजमा अध्ययन गरेका हुन् । त्यस्तै उनले कोलम्बिया युनिभर्सिटीको स्कुल अफ जर्नलिज्मबाट स्कलरसिप पाएर स्नातकोत्तर गरेका छन् । उनले फोब्र्स, न्युजविक जस्ता अन्तर्राष्ट्रिय मिडियामा इन्टर्नका रुपमा काम गरेका थिए ।

    गत असार २७ गते अखिलेश उपाध्यायले राजीनामा दिएका थिए । उपाध्यायको राजीनामापछि पनि हालसम्म (असार २२) प्रिन्टलाइनमा उनकै नाममा छापिएको छ । कान्तिपुर दैनिकमा असार २९ गते नारायण वाग्ले प्रधान सम्पादकमा नियुक्त भईसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार