आभा थपलिया
ढुकिरहेको जिन्दगी
पर्खिरहेको मौनता
प्रतीक्षा खै के को
मासु पसल बाहिर
ढुकिरहने कुकुर जस्तो
शीत लहरले छोपेको
हिंउँले ढाकेको
आशाले थिचिएको
प्राण उडेको
शरीर बांचेको
बीभत्स मन
माझिले छोडेर गएको
मझधारे डुङ्गा जस्तो
कठै जिन्दगी !
बांचें बांचें भन्दै
पलपल मर्दैछ
यसलाई के थाहा
म भार वहन गर्न
असमर्थ छु !
प्रतिक्रिया