
काठमाडौं । २६ फागुन । नागरिक लगानी कोषले निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषले सदनलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो। कोषका निमित्त कार्र्यकारी निर्देशक डा। इन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया
सम्बन्धित समाचार