६६० भन्सार एजेन्टका लागि दरखास्त आह्वान


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १६, २०७७

  • अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरको छ। २१ वर्ष पूरा गरेका नेपाली नागरिकले www.customs.gov.np वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन्।

    त्यसका लागि मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ। ६ सय ६० जना भन्सार एजेन्ट आवश्यक परेको विभागले जनाएको छ। इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ। कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ।

    परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ। दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ। यस सम्बन्धी विस्तृत जानकारी आजको गोरखापत्रमा विभागले निकालेको सूचनामा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार