१० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, चाँडै आइपीओ निष्कासन हुने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १८, २०७७

  • काठमाडौं, १८ चैत । गैरआवासीय नेपाली संघले स्थापना गरेको १० अर्ब रुपैंयाँको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ ।

    कम्तीमा १० अर्ब रुपैंयाँको कोष बनाइ नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरि छिट्टै प्राथमिक सेयर (आइपीओ) निष्कासन हुने बताइएको छ ।

    ‘संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेशाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरि आर्थिक लाभसमेत उठाउन पाउनुहुनेछ ।’ अध्यक्ष पन्तले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार