भारतबाट फर्केकाको ‘भेरियन्ट’ कोरोना सङ्क्रमण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २१, २०७७

  • कञ्चनपुर, २१ चैत । भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको ९भेरियन्ट० कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

    ‘शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ”, उनले भने, ‘नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।’ भेरियन्ट कोरोनको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उहाँको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उहाँ पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

    यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा भेरियन्ट कोरोनाको पुष्टि भएको छ । भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलेशनमा बसेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार