समृद्ध नेपालका लागि सहयोगी शिक्षा आवश्यक : प्रधानमन्त्री ओली


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार १४, २०७८

  • काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न सहयोगी हुने शिक्षा चाहिएको बताएका छन् ।
    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको आज भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उनले देशलाई अहिले दक्ष सक्षम र गुणवान् तथा देशभक्त नागरिक चाहिएको बताए ।

    शिक्षाले शिक्षा आर्जन गर्नेलाई सरल जीवनयापन गर्न सहयोगी हुनुपर्ने बताउँदै उनले भने, ‘प्रमाणपत्र सिरानी हालेर बेरोजगार हुनुपर्ने स्थिति नहोस्, शिक्षाको लगानी आर्थिक लगानी र मेहनतको लगानी खेर जाने कुरा नहोस् ।’ शिक्षाको क्षेत्रमा सरकारले चौतर्फी ध्यान दिइएको बालबालिकाको भर्ना देखि नै पढाइको निरन्तरता र गुणस्तरमा ध्यान दिइने पनि उनले बताए।

    सबै विधाका शिक्षालाई आजको समय र देशको आवश्यकतानुसार गुणस्तरीय शिक्षाका रुपमा विकास गर्ने लक्ष्य राख्दै मदन भण्डारी चिकित्सा विज्ञान प्रतिष्ठान स्थापना गरिएको र यसले बिहानले दिन देखाउँछ भने जस्तै सुरुवात मै सफलता पाएको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

    सृजनात्मक ढंगले स्वास्थ्य क्षेत्रलाई अघि बढाउने कुरामा महत्वपूर्ण ढंगले काम गर्ने विश्वास समेत प्रधानमन्त्रीले व्यक्त गरे । अहिले हाम्रो देश सहित सिंगै विश्व महामारीसँग लडिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई देशले छिट्टै पराजित र त्यसपछि आउने स्वास्थ्य समस्याहरु र अन्य सेवा आवश्यक पर्ने अवस्थामा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु मूल लक्ष्य रहेको समेत बताए ।

    नेपाल औषधी विज्ञान र स्वास्थ्य उपचारमा परम्परागत चिकित्सा पद्धतिको प्रयोग गर्दै अघि बढने प्रधानमन्त्रीको भनाइ थियो । नेपाल जडिबुटीको केन्द्र भएको देश विगतमा ऋषिमुनीले शल्यचिकित्सा औषधी विज्ञानको विकास गर्दा यस क्षेत्रको असाधारण योगदान रहेको उनले उल्लेख गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट