सुदूरपश्चिम : ३४ मा कोरोना सङ्क्रमण


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ८, २०७८

  • सुदूरपश्चिम, ८ असोज । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ७०को नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    चौँतीसमध्ये २२ जनामा पीसीआर र १२ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा तीन र जिल्ला अस्पताल बैतडीमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका १२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

    यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार प्रदेशमा ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना सङ्क्रमणमुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट