कार्की र राईलाई मेरि आइडेन्टी अन्तर्राष्ट्रिय सम्मान


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २३, २०७८

  • काठमाडौं २२ मंसिर । भारतको राजस्थानको जयपुरमा उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की र लेखक तथा खेलाडी रक्षकुमार राईलाई नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ । भारतका प्रदेश मन्त्री एरा डी शर्माले नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मानपत्र मेमोन्टो सहित सम्मान गरिएको थियो ।

    सम्मान समारोहमा नेपाल भारत दुवई थाइल्यान्ड जापान अमेरिका लगाएत ११ देशका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिको उपस्थिति रहेको थियो । मेरिआइडेन्टी अन्तर्राष्ट्रिय म्यागजिनले आयोजना गरेको कार्यक्रममा नेपालका चित्रकुमार कार्की र रक्षकुमार राईलाई अन्तर्राष्ट्रिय सम्मान छनौट समितिले सम्मान दिने निर्णय गरेको आयोजक समिति अध्यक्ष डाक्टर सेर सिह बगेलाले बताएका छन् । कार्कीले सन द्दण्ज्ञज्ञ मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण पर्यटन प्रवर्द्धन लगायत नारा सहित नेपालको मेचीदेखि महाकालीसम्म उल्टो यात्रा गरेर विश्व रेकर्ड राखेका थिए । साथै अन्य पत्रकारितासंगै सामाजिक काममा समेत अग्रसर रहेका छन् ।

    राई लेखक तथा खेलाडी विश्व रेकर्ड राखि सकेका ब्यक्ति हुन् । कार्की र राई दुबैलाई १८ गते होटल कार्लस राजस्थानमा सम्मानित गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार