मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा धादिङका ३१० बिद्यार्थीलाई जाडोको कपडा वितरण


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ ४, २०७८

  • काठमाडौं, ४ माघ । मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौंले धादिङमा विद्यार्थीहरुलाई स्विटर र टोपी बितरण गरेको छ । सल्यानटारस्थित सल्यानटार माध्यमिक बिद्यालय र कमलादेवि आधारभुत विद्यालयका ३ सय १० जना बिद्यार्थीलाई स्कुलको पोशाकको स्विटर र टोपी बितरण गरिएको हो ।

    यस्तै कार्यक्रममा बिगत १४ बर्षदेखि रुखबाट लडेर अपांग भएकी एक महिलालाई ह्विल चियर प्रदान गरिएको आयोजक संस्थाकी सचिव रेखा थापाले जानकारी दिइन् । यस्तै रुखबाट लडेर बिगत १० बर्षदेखि ह्विल चियरको सहारामा जीवन बिताइरहेका अन्जन कुमार श्रेष्ठलाई पनि ह्विल चियर प्रदान गरियो । रेखाका अनुसार मेची महाकाली बुहारी संयुक्त आवाजले बिगतका दिनहरुमा पनि बिभिन्न सहयोगका कार्यक्रम गर्दै आएको छ ।

    यस्तै संस्थाकी बाग्मती संयोजक अन्जिला श्रेष्ठले सल्यानटार माध्यमिक बिद्यालयलाई बिरामी बोक्ने स्ट्रेचरसँगै कोरोना भाइरस बिरुद्ध लड्का लागी माक्स र सेनिटाइजर पनि प्रदान गरिएको बताइन् । अन्जिलाका अनुसार महिला तथा बालबालिका हिंसा विरुद्धको अभियानको रुपमा स्थापना भएको सस्थाले सबै क्षेत्रमा यस्ता सामाजिक कार्य गरिरहेको छ ।

    सहयोग कार्यक्रममा संस्थाकी कोषाध्यक्ष हिमा शेरचन, सदस्यहरु ईश्वरि श्रेष्ठ, राम माया श्रेष्ठसँगै समाजसेवी जगत नारायण श्रेष्ठको पनि उपस्थित थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार