मृगौला पीडित सुजन बर्मालाई प्रशान्त उप्रेतीबाट १ लाख रुपैंया सहयोग


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ३, २०७५

  • काठमाडौं, फागुन ३ । दुबै मृगौला पीडित काठमाडौं मुलपानीका सुजन बर्मालाई फ्रान्स निवासी प्रशान्त उप्रेतीले १ लाख नगद रुपैंया सहयोग प्रदान गरेका छन् । उप्रेती International Nepalese Blood Donors (INBD) अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संस्थाको फ्रान्स संयोजक समेत रहेका उप्रेतीले रक्तदान लगायत बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय छन् ।

    दुबै मृगौला पीडित सुजन बिगत तीन वर्षदेखि युरिन इन्फेक्शन भई अप्रेशन गर्दा गर्दै दुवै मृगौला फेल भएर शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । हाल नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा उपचार गराई रहेका उनको आर्थिक अवस्था निकै कमजोर छ ।

    सुजनको घरमा दिदि र बुबा समेत सुगर, प्रेसर र थाईराईड रोगको औषधि सेवन गर्दै आएका छन् । घरको आर्थिक अवस्था निकै कमजोर भएकाले मृगौला प्रत्यारोपण गर्न उनलाई कठिनाई भईरहेको छ । मृगौला प्रत्यारोपण गरेपश्चात् ठूलै रकमको औषधि सेवन गर्नुपर्ने भएकाले जीवन रक्षाका लागी उनले सबैस“ग अपिल गरेका छन् ।
    सुजनलाई बिभिन्न संघ संस्थाहरुबाट सहयोग जुटिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार