फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

श्रम काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ २०, २०७८

  • काठमाडौँ, २० माघ । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले आज एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र बरहाइनका लागि काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो ।

    मन्त्रालयले युएई र साउदीका लागि एकएक जना श्रम काउन्सेलर तथा कतार र बहराइनका लागि एकएक जना श्रम सहचारीका लागि आह्वान गरेको छ । काउन्सेलर राजपत्राङ्कित द्वितीय श्रेणी र श्रम सहचारी राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी छनोट गर्ने गरिएको छ । काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ ले तोकेको योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक कर्मचारीले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट