नेपाल बारको निर्वाचन आगामी चैत १९ गते


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ९, २०७८

  • काठमाडौँ, ९ फागुन । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ । बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । बारको कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ ।

    निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ । वर्तमान बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेको हुनाले नयाँ कार्यसमितिको निर्वाचन तय भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार