राष्ट्रपति भण्डारी स्वागत समारोहमा सरिक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १८, २०७८

  • काठमाडौँ, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि एवं सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक हुनुभएको छ । उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

    उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी हुनुभयो । समारोहमा मन्त्रिगण, सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार