बर्दियाको ठाकुरबाबामा तीन दिने होमस्टे व्यवस्थापन तालिम सूरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २०, २०७८

  • बर्दिया, २० फागुन । बर्दियाको ठाकुरबाबा नगरपालिस्थित गोविन्दपुर सामुदायिक होमस्टेमा आजबाट तीन दिने होमस्टे व्यवस्थापन तालिम सूरु भएको छ । २०७५ सालदेखी सञ्चालनमा आएको यो होमस्टे स्वदेशी तथा विदेशी पर्यटकहरुमाझ चर्चित छ । कोरोना महामारी सुरु हुनु भन्दा अगाडी यस सामुदायिक होमस्टेले राम्रो रफ्तार लिएको थियो ।

    व्यवसायलाई पुरानै लयमा फर्काउन यस सामुदायिक होमस्टेले होमस्टे व्यवस्थापन तालिमको आयोजना गरेको हो । गोविन्दपुर सामुदायिक होमस्टेका तीस जना महिला तथा पुरुषहरुले यस तालिममा सहभाभगिता जनाएका छन् । लामो समयदेखी होमस्टे व्यवस्थापनमा अनुभव बटुलेका प्रशिक्षक तिलक ढकाल मुख्य प्रशिक्षकका रुपमा रहेका छन् । यस्तै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का पूर्व कर्मचारी राई बहादुर राई पनि प्रशिक्षकका रुपमा रहेका छन् ।

    अन्यत्र भन्दा बर्दियाको गोविन्दपुरले वन्यजन्तु संरक्षणका लागि अतुलनिय योगदान पुर्‍याएकोमा संरक्षणकर्मी तथा रैथानेका सूरुवातकर्ता तिलक ढकालले प्रशंसा गरे । कोभिड १९ का कारण पर्यटकको कमीले गर्दा पर्यटन व्यवसायलाई असर पुर्‍यायो । यस्तो विषमा परिस्थीतिमा यस क्षेत्रलाई राहत दिलाउन कार्यक्रम ल्याउन नसकेकोमा वन, वातावरण तथा भुसंरक्षण मन्त्रालयका टुकराज पाण्डे दुखेसो पोखे । ‘जुन उत्साहका साथ तपाईहरु लाग्नु भएको छ, हाम्रो तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ पाण्डेले कार्यक्रममा बोल्दै भने ‘तपाईहरु पक्कै सफल बन्नु हुनेछ ।’

    तालिममा गोविन्दपुर सामुदायिक होमस्टेका अध्यक्ष विर बहादुर थारु, होमस्टे महासंघका सचिव कृष्ण चौधरी, गाउँ बड्घर दुख्ना थारु, राई भु–परिधि कार्यक्रमका देवराज जोशी, बसन्ता सामुदायिक बन समन्वय समिति बर्दियाका अध्यक्ष मास्टर थारु, प्रशिक्षक तिलक ढकाल, राई बहादुर राईको उपस्थिीति रहेको थियो । बर्दियाको गोविन्दपुर सामुदायिक होमस्टे पूर्व पश्चिम महेन्द्र राजमार्गबाट गिदरपुरबाट भित्र दुई किलोमिटर भित्र पर्छ, बर्दियाको गोविन्दपुर सामुदायिक होमस्टे । होमस्टे व्यवस्थापन तालिमका लागि तराई भु–परिधि कार्यक्रम कोहलपुर, बाँकेको आर्थिक सहयोग प्रदान गरेको छ । यस्तै वसन्ता सामुदायिक वन समन्वय समिति बर्दियाले तालिमको आयोजना गरेको हो । ‘होमस्टे सम्बन्धित पहिले पनि तालिम लिएका थियौं । ज्ञान बढाई राख्न र कोरोना महामारीपछि हाम्रो व्यवसायबारे जानकारी दिन तालिमको आयोजना गरेका हौं ।’ विर बहादुर थारुले प्रतिक्रिया दिए ‘कसरी होमस्टे चलाउने भन्ने बारे गाउलेहरुलाइ ज्ञान दिन जरुरी थियो ।’

    यस होमस्टेबाट नजिकै जंगल सफारी गर्न सकिन्छ । यहाँबाट बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा मन्दिर, निल गाई, पाटे बाघ, चितुवा, हात्ती, अजिंगर, बदेल, चित्तल, रतुवा अवलोकन गर्न सकिन्छ । यस्तै थारु नाँच छोक्रा, सखिया, हुर्दुङ्वा पनि हेर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार