चेपाङ सङ्घको राष्ट्रिय महाधिवेशन सुरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ४, २०७८

  • चितवन, ४ चैत । नेपाल चेपाङ सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन यहाँ सुरु भएको छ । महाधिवेशनको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको हो । मुख्यरुपमा बागमती प्रदेशमा सीमान्तकृत यस समुदायको बसोबास रहेको छ । मुख्यमन्त्री पाण्डेले यो समुदायको उत्थानमा लाग्नुपर्ने बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय निकायले चेपाङका समस्या पहिचान गरी समाधानतर्फ जानुपर्नेमा उहाँको जोड थियो ।

    कार्यक्रममा सङ्घका अध्यक्ष जीतेन्द्र चेपाङले आफ्ना समस्याका बारेमा प्रकाश पार्नुभएको थियो । महाधिवेशन बन्दसत्र आज चल्दै छ । बन्दसत्रले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष एक/एक तथा सचिव दुई जना गरी सात सदस्यीय पदाधिकारी चयन हुनेछ । महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ ।

    सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङका अनुसार नेपालमा चेपाङको जनसङ्ख्या ६८ हजार रहेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरु धेरैको आफ्नै लालपुर्जा छैन । भूमिहीन धेरै रहेको भन्दै उहाँले धेरै समस्याबाट गुज्रिएको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार