म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख ४, २०७९

  • काठमाडौं, ४ बैशाख । गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उहाँ कालीमाटी, ढाडा, गैरापधँेरालगायत स्थानमा पुग्ने गर्नुहुन्थ्यो । ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा आएको छ । घरमै पानी आउन थालेपछि उहाँको दैनिक जीवन धेरै सहज बनेकोे छ । कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारी सुनाउनुहुन्छ ।

    “बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उहाँले भन्नुभयो, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्याे ।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उहाँको भनाइ थियो । “घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भन्नुभयो, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।” घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिनुहुन्छ । पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन् । विगत एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा जडान भएको छ ।

    “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भन्नुभयो, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।” घरमै पानी आएदेखि पुस्ताँैदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ । त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ । “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उहाँले भन्नुभयो, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार