नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २१, २०७९

  • काठमाडौँ, २१ वैशाख । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । भारतीय सेनाको स्थल सेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त हुनुभएकामा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उहाँको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको आमन्त्रण स्वीकार गर्दै उहाँले आपसी समन्वय गरी उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार