आइजिपी बढुवाविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २१, २०७९

  • काठमाडौँ, २१ वैशाख । सर्वोच्च अदालतमा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही वैशाख २२ गतेलाई राखिएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

    प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।

    वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार