नेपालका प्रिस्कुलहरूका लागि यूरो किड्सको नयाँ पाठ्यक्रम


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २१, २०७९

  • काठमाडौं, २१ बैशाख । एशियामा फैलिएको प्रि–स्कूल सञ्जाल यूरो किड्सले प्रि–स्कूलले नयाँ पाठ्यक्रम सुरू गरेको छ । वालवालिकाहरूको समग्र विकास सुनिश्चित गर्नका लागि ‘युनोईए’ नामक पाठ्यक्रमको सुरुवात गरेको हो ।
    यूरो किड्सले यस पाठ्यक्रमले वालवालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिएको छ । वालवालिकामा संज्ञानात्मक, प्रभावकारी र कार्य सम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले जानकारी दिईन् ।

    बुधबार सोल्टी क्राउन प्लाजामा आयोजित प्रेसमिट्मा डा.मदानले यस पाठ्यक्रमले वच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्ने बताइन् । ‘यस पाठ्यक्रमले मिश्रित सिकाइमार्फत अन्य वालवालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ ।’ उनले भनिन् । यस पाठ्यक्रम दिमाग, शरीर र आत्मा गरी तीन खण्डमा बिभाजन गरिएको छ ।

    दिमाग खन्ड एक फोनिक्स आधारित भाषाको कार्यक्रम हो । जसमा वालवालिकाहरूलाई वर्णमालाका अक्षरहरू चिन्नका लागि अक्षर र सो अक्षरबाट बन्ने ध्वनिको सहयोगमा सिकाई अगाडि बढाउनेछ । यसमा म्याथल्याव र वैज्ञानिक स्पार्क पनि छन् । यस्तै शरीर अन्तर्गतको ‘यूरोफिट’ मा वालवालिकाहरूको शारीरिक अवस्थालाई मजबुत बनाउन सहयोग पुग्नेछ । यस्तै ‘योगकिड्स’ मा वालवालिकाहरूलाई सानै उमेरदेखि योगाको बारेमा जागरुक बनाइन्छ । ध्यान र स्वास प्रश्वासको माध्यमबाट उनीहरूलाई सानै उमेरमा आ–आफ्नो शरीरको बारेमा सचेत हुन यो कार्यक्रम लागु गरिएको हो ।

    यस्तै आत्मा अन्तर्गतगको ‘यूरो म्यूजिक’ मा वालवालिकाहरूलाई सामाजिक विकास, भाषा र साक्षरताको वृद्धि गर्नको लागि गीत सङ्गीतको माध्यमबाट सहयोग पुर्‍याउने छ । यस्तै ‘माइन्डफुल प्लस’ मा वालवालिकालाई भूत वा भविष्यमा ध्यान केन्द्रित गर्नुको सट्टा वर्तमानमा ध्यान केन्द्रित गर्न सिकाउँछ । यस्तै कोरोना महामारीको समयमा यूरोकिड्सले वालवालिकाहरूको लागि ‘होमबड्डी एप’ सार्वजनिक गरेको छ । महामारीको समयमा घरभित्र रहेका वालवालिकाहरूको शिक्षक सिकाईमा रोकावट नआओस् भन्ने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याईएको आयोजकले बताएको छ ।

    दुई दशकदेखि एसियाका ३ सय ५० भन्दा बढी शहरहरूमा एक हजार दुईसय भन्दा बढी प्रि स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो । अहिले संघीय राजधानी काठमाडौँ लगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढीमा २८ वटा प्रि स्कुलहरू सञ्चालनमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार