एनआरएनउ ओहियो च्याप्टर र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ३०, २०७९

  • ‘रक्तदान नै जीवन दान हो’ भन्ने भावनालाई आत्मासात गर्दै रगतको अभावले छटपटाउदै कसैले अमूल्य जीवन गुमाउनु नपरोस् भन्ने उदेस्यका साथ बिश्व रक्तदान दिवसको अवसरमा NRNA Ohio Chapter र Blood Donors Of America को सम्युक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भयो । ओहायो राज्यको कोलम्बसस्थित Hilton Hotel मा जुन -११ तारीख़ २०२२ सनिवारका दिन सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम स्थल भने स्वयम Hilton Hotel ले नै निशूल्क रूपमा उपलब्ध गराएको थियो भने रगत संकलन कार्य Versiti Blood Drive center ले गरेको थियो।उक्त कार्यक्रममा ओहायोका बिभिन्न शहरहरूवाट बिभिन्न पेशा तथा संघसंस्थासँग आबद्ध नेपाली/नेपाली भाषीहरूको उल्लेख्य रूपमा उपस्थिती रहेको थियो।

    ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालको संयोजकत्व तथा सौजन्यमा उक्त कार्यक्रम आयोजना भएको थियो। कार्यक्रमा NRN NCC अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई तथा Blood Donors Of America का अध्यक्ष लिलाराज दाहाल अतिथीको रूपमा रक्तदानमा सहभागी रहनुभएको थियो।त्यस्तै The Ohio State University मा कार्यरत Soil Carbon Post Doctoral Scholar उमेश आचार्य, Chase Bank Columbus मा कार्यरत IT Vice President मनिश ढकाल ,Nationalwide Children Hospital मा कार्यरत Research Scientist महेश केसी , ए वान ग्रोसरि तथा होलसेल मोसरोडका मालिक विजय बुढा तथा Ohio State University मा अध्ययनरत बिधार्थीहरूको पनि व्यापक सहभागीता रहेको थियो।स्थानिय समाजसेवी यादव दुलालले कार्यक्रमको शुरूमा रक्तदान गर्दै सबै सहभागीलाई रक्तदान गर्न उर्जा थप्नु भएको थियो।

    ओहायो च्यापटरका अध्यक्ष मोहन न्यौपानेले जनपरिचालन तथा अन्य सहयोग गर्नुभयो।सचिव रिद्धि खड्का,कोषाध्यक्ष होताराम बिस्वकर्मा,सहसचिव लोकेन्द्र देबकोटा सदस्य डिल्ली केरूङले कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष रूपमा उपस्थित भई रक्तदान गर्दै अन्य सहयोग गर्नु भयो ।महिला संयोजक बिनिता आचार्य, युवा संयाोजक तथा लक्ष्मी ज्वयलर्सका स्थापक भिषन अधिकारी तथा सदस्यहरू हरिहर दाहाल ,वर्षा वली निरौला,गोकुल बाँनिया,रेवती कँडेल र दिपेद्र दाहालले औनौपचारीक रूपमा सहयोग गर्नु भएको थियो भने, संगठनलाई हरपल सहयोग गर्न रूचाउने महिला एलिशा ढकालले पनि रक्दान गर्नु भएको थियो।

    कार्यक्रममा फोटोग्राफी भने अनुज दाहालले गरेका थिए। ओहायो एनआरएन च्याप्टरको निमन्त्रणालाई स्वीकार गरी बृहत रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने पत्रकार, बुद्धिजिवी, कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा कार्यसमिति र सल्लाहकार समितिका सम्पूर्ण टिमलाई समेत संस्थाले धन्यबाद ब्यक्त गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार